back
CTIZAN AD

माओवादी पर्वत-काठमाडौँ सम्पर्क समितिको वनभोज : नेताहरूले के भने ?

वि.सं.२०८१ फागुन ४ आइतवार

1.3K 

shares

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समन्वयन समितिको रमाइलो वनभोज सम्पन्न भएको छ । टोखा नगरपालिका स्थित भुतेखेल पार्क काठमाडौँमा विशेष कार्यक्रमकाबिच रमाइलो वनभोज सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र सम्पर्क समन्वयन विशेष प्रदेश समितिका सह-इन्चार्ज झक्कुप्रसाद सुवेदीले गुटगत राजनीतिबाट टाढा रहँदै माओवादीलाई एक ढिक्का र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । ‘अब गुटबन्दी गर्ने होइन । पार्टी बनाउनेले गुटबन्दी गर्दैन । गुटबन्दी गर्नेले पार्टी बनाउन सक्दैन’ उनले भने, ‘आफ्नो व्यक्तिगत फाइदा र स्वार्थका लागि गुटबन्दी गरिन्छ । गुटबन्दी गर्नेहरू आफै सकिन्छन् ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका सुवेदीले सुवेदीले काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका पर्वतवासीहरूलाई पार्टीमा सङ्गठित गर्न र आवश्यक ठाउँमा सहयोग गर्न सुझाव दिए । उनले युवाहरूमा भएको क्षमतालाई प्रयोग गरेमा पर्वत जिल्ला रोल्पा जस्तै बन्ने बताए । सुवेदीले भने, ‘पर्वतमा पार्टी नबन्ने कुनै कारण छैन । आफ्नो क्षमता प्रयोग गर्नुहोस् । पर्वतको पार्टी बनाउन यहीबाट सुरु गर्नुहोस् । श्रमजीवीको पक्षमा काम गरेका छौँ भनेर बुझ्नुहोस् । ८४ मा निर्वाचन हामीले जितिन्छ ।’

उनले सुशासन युक्त समृद्ध मुलुक बनाउन माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई अगाडि सारेको बताए । ‘अब सांसदबाट प्रधानमन्त्री बनाउने होइन । जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुनु आवश्यक छ’, उनले भने, ‘अब सांसदहरू मन्त्री बन्ने होइन । विज्ञता नभएकाहरूलाई मन्त्री बनाउँदा देशको विकास हुँदैन । द्रुततर गतिमा देशको विकास गर्न विज्ञहरूलाई मन्त्री बनाउने हो ।’

प्रतिगामीका चलखेल निस्तेज पार्न एक बनौँ : नीलकण्ठ तिवारी

वनभोज कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बुद्धिजीवी सङ्गठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले मुलुकमा प्रतिक्रियावादीले परिवर्तनलाई मास्न फणा निकालेको सम्पूर्ण मुक्तिकामी जनता र क्रान्तिकारी सक्तीहरू एक ढिक्का हुन आवश्यक रहेको बताए । ‘तपाइ हाम्रा रगत र पसिनाले आर्जेका सम्पत्ति मास्न प्रतिगामी तत्त्वका फणहरू विभिन्न ढङ्गले आइरहेका छन् । कहिले अन्तर्राष्ट्रिय, कहिले स्वदेशी चलखेलका नाममा ती फणा आइरहेका छन्’, उनले भने, ‘प्रतिगामीका सबै चलखेलहरूलाई निस्तेज पार्न माओवादी पार्टीलाई बलियो बनाउन जरुरी छ ।’

‘हिजो काँग्रेस-एमाले लगायतका सांसदवादी दलहरू र श्रीपाँच समेत मिलेर मुलुकमा परिवर्तनको बेगलाई रोक्ने प्रयास गरेका थिए ।परिवर्तनको बेगलाई रोक्न उनीहरूले चालेको कदमलाई तपाइ हामीले परास्त गर्दै छलाङ हान्यौँ’, वरिष्ठ उपाध्यक्ष तिवारीले भने, ‘ हाम्रा उपलब्धिहरू छेदन गर्न उनीहरू कस्सिएका छन् । संसद्मा होस् कि राजनीतिक गठबन्धनमा । त्यसलाई चिर्न क्रान्तिकारीहरूको एकता, माओवादीहरूको पुनर्गठन र नयाँ ढङ्गको आन्दोलनको अपिल गर्न आवश्यक छ । यस कामका लागि आत्मीय ऐक्यबद्धता जायर गर्न जरुरी छ ।’

उनले माओवादी कमजोर र खण्डित बन्दा मुलुक बरबाद हुने, राष्ट्रियता कमजोर हुने, क्रान्तिकारीहरूको सपनासहित भविष्य पनि चकनाचुर हुने भएकाले पार्टीलाई बलियो बनाउन जरुरी रहेको आवश्यकता औँल्याए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी ‘विवेक’, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा ‘विमला’, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटा, नेकपा माओवादी जिल्ला समन्वयन समिति पर्वतका संयोजक उमाकान्त भुर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पर्वत काठमाडौँ सम्पर्क समन्वयन समितिका अध्यक्ष अशोक पौडेलको अध्यक्षतामा भएको वनभोज कार्यक्रममा आउने अतिथिहरूलाई उपाध्यक्ष भूपराज भुसालले शब्दद्वारा स्वागत गरेका थिए । समितिका सक्रिय सदस्यहरू सिर्जना भण्डारी र धनकुमारी भट्टराईले अतिथिहरूलाई खादा, माला र टिकाले सम्मान गरेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा निर्वाचित विद्यार्थी नेतालाई सम्मान पत्रसहित दोसल्ला र खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव घनलाल काफ्लेले गरेका थिए ।

 

 

वि.सं.२०८१ फागुन ४ आइतवार १३:३० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...