back
CTIZAN AD

ग्वार्डिओला तथा इनरिकेको सफलताको बाटोमा जालान त भलभर्दे ?

वि.सं.२०७४ जेठ १६ मंगलवार

1.3K 

shares

velverde

१५ जेठ काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले सोमबार एरनेस्टो भलभर्देलाई नया प्रशिक्षकको रुपमा नियुक्त गरे सँगै विश्व फुटबल जगतमा उनको चर्चा परिचर्चा हुन थालेको छ । सफल प्रशिक्षक लुइस इनरिकेले क्लब छाडे सगैँ बार्सिलोना आएका भलभर्देलाई विगतमा वार्सिलोनाले प्राप्त गरेका सफलताहरुलाई निरन्तरता दिर्द क्लबलाई नया उचाईमा पुर्याउने नया चुनौती थपिएको छ ।
विगतका दुई दशकमा युरोपेली फुटबल क्लबहरुमा सबैभन्दा सफल क्लब मानिन्छ बार्सिलोना विगत दुई दशक देखि विश्व फुटबल जगतमा बार्सिलोना सबैभन्दा सफल क्लबको रुपमा उदाएको छ । अझ भन्ने हो भने क्याटालान क्लबमा पेप ग्वार्डिओला ले त एउटा तरंग नै सिर्जना गरिदिएका थिए । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक रहेका ग्वार्डिओलाले क्लबलाई १४ ओटा उपाधि जिताएका थिए । ग्वार्डिओला बहिर्गमनको दुई सिजन पश्चात आएका इनरिकेले बार्सिलोमा ३ सिजन बिताउदै ९ वटा उपाधि जिताएर क्लब छाडेका हुन् ।
भलभर्दे पनि यसअघि ५ वटा युरोपेली क्लबहरुमा मुख्य प्रशिक्षकको भुमिका निभाइसकेका छन् । क्याटालान क्लबलाई कुन दिशामा लैजाने भन्ने जिम्मेवारी भलभर्देको काधमा आइसकेको छ । नया खेलाडीहरुको अनुबन्धन देखि वर्तमान खेलाडीहरुको चुस्त व्यवस्थापन गर्दै बार्सिलोनालाई नँया उचाइमा लैजाने चुनौती भलभर्देको काँधमा आइसकेको छ र कति सफल हुन्छन भन्ने कुराको  निर्धारण आगामी सिजनले अवश्य नै निर्धारण गर्नेछ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०८:३२ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...