back
CTIZAN AD

बाँझो जमिनमा ओखरखेती गर्दै किसान

वि.सं.२०८१ फागुन ६ मंगलवार

963 

shares

पर्वत । जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ ।

गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो । युवाको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा परीक्षणका रूपमा एक हजार पाँच सय ओखरका बिरुवा रोपिएको छ । मुस्ताङमा रहेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिसकिएको छ । गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफलअनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिए ।

बनौँमा चिसो हावापानी रहेकाले दाँते ओखरको राम्रो सम्भावना रहेको जलजला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजु गौतमले बताए । अहिले परीक्षणका रूपमा लगाइएका बिरुवा हुर्कँदै गएमा पुनः अर्को वर्ष किसानको मागका आधारमा खेती विस्तार गरिने उनको भनाइ छ ।

दाँते ओखर नगदे बालीका रूपमा रहेको छ । अहिले नेपाली बजारमा छिमेकी मुलुकबाट आयात हुने गर्छ । बजारको पनि समस्या नहुने र किसानलाई मनग्य आम्दानीसमेत हुने भएकाले यस वर्षदेखि ओखरखेतीमा किसानलाई आकर्षण गरिएको वडाध्यक्ष पुनको भनाइ छ । एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने तथा दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलोपटक खेती सुरु गरिएको पुनले बताए ।

यहाँ बर्सेनि करोडौँको आलु उत्पादन हुने गर्छ । पछिल्लो समय आलु लगाउने किसान पनि पलायन हुँदै गएपछि खेतबारी बाँझो रहने क्रम बढेकाले वडा कार्यालयले नयाँ जुक्ति अपनाएको हो । समुद्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झण्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको उनको भनाइ छ ।

किसानले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गरिएको हो । अहिले सबैले विरुवा रोपिसकेका छन् । वडाको करिब रु एक लाख लगानीमा बिरुवा खरिद गरिएको थियो । सरकारी दररेटअनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकाले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताए । एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतका रूपमा ओखरखेतीलाई लिन सकिने भएकाले यसमा किसानको माग पनि बढेपछि वडाले ओखरखेतीमा लगानी गरेको अध्यक्ष पुनले बताए ।

सामान्य परिश्रममा नै किसानहरूको आम्दानी बढाउन सक्ने विश्वास वडा कार्यालयको छ । अन्य ठाउँमा जस्तो यहाँ पनि बसाइँसराइको क्रम रोकिएको छैन । यहाँका बाँझो जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । आचार्यले जलजलाको बाँसखर्कमा सुन्तला विस्तार गरेजस्तै बनौमा ओखर विस्तार गरिने बताए ।रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन ६ मंगलवार ११:१७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...