back
CTIZAN AD

अवैध ढङ्गबाट ल्याइएको गोरु नाका कटाइदिने तीन प्रहरी जिम्मेवार मुक्त

वि.सं.२०८१ फागुन ६ मंगलवार

1.2K 

shares

काठमाडौँ । अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाइ जिम्मेवारीबाट हटाएको हो ।

मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले तस्करीलाई सहयोग गरेको आरोप लागेपछि चौकी इन्चार्ज फुयाँल सहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई छानबिनको लागि तत्काल जिम्मेवारीबाट हटाइएको जानकारी दिए ।

गत आइतबार राती फुयाँल सहित ड्युटीमा रहेका प्रहरीले अवैध ढंगबाट झापा लगिँदै गरिएको गोरु सहितको ट्रकलाई भगाइदिएको आरोप लागेको थियो ।

फर्जी विल र भेटेनरी प्रमाणपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै बाप्र ०३–००१ ख १४२४ नम्बरको ट्रकमा रहेको २५ वटा गोरु सहितको ट्रकलाई रातोमाटे नाका कटाइदिएपछि जिल्ला पशुसेवा कार्यालयले पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेपछि चौकी इन्चार्ज सहित सोही समयमा डिउटीमा रहेका प्रहरी विवादमा तानिएका थिए ।

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:०७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...