back
CTIZAN AD

‘नो केवलकार पक्ष’का १५ जना पक्राउ

वि.सं.२०८१ फागुन ११ आइतवार

1.1K 

shares

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले १५ जना ‘नो केबलकार पक्ष’लाई पक्राउ गरेको छ । शनिबार साँझ फुङलिङको विरेन्द्र चोकमा भएको झडपपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । झडपको क्रममा केही व्यक्ति घाइते भएका थिए ।

पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको पनि उनले बताए ।

‘नो केबलकार पक्ष’ले भने २६ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको बताएको छ । राति खाना खाइरहेको अवस्थामा एकै घरबाट २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको ‘नो केवलकार पक्ष’ले जनाएको हो ।

प्रदेश नम्बर १ पुनः नामकरण अभियान समितिका संयोजक केन्द्रसिंह थेगिमले प्रहरीले दमन गरेको बताए । उनले एकै ठाउँबाट २६ जनालाई उठाएर बेपत्ता बनाएको बताउँदै अहिलेसम्म उनीहरूको अवस्था थाहा नभएको बताए ।

वि.सं.२०८१ फागुन ११ आइतवार १०:२० मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...