back
CTIZAN AD

राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ फागुन ११ आइतवार

636 

shares

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली, २०७५ मा भएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा नियमावलीमा नेपाल सरकारले बनाएको प्रत्यायोजित विधायन र सार्वजनिक नीति सम्बन्धित निकायबाट स्वीकृत भएको १५ दिनभित्र सांसदलाई वितरण गर्ने प्रयोजनार्थ सभालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यस्तै आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाउनुभएका विषयको जवाफ सम्बन्धित मन्त्रिले सात दिनभित्र दिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल

बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराइ टेबुल गरे ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गरे । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १८ गते आइतबार मध्याह्न १२ः१५ मा बस्नेछ ।

 

वि.सं.२०८१ फागुन ११ आइतवार १६:४४ मा प्रकाशित

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...