back
CTIZAN AD

निर्वाचन पर्यवेक्षण टोली भरतपुर प्रस्थान

वि.सं.२०७४ जेठ १६ मंगलवार

732 

shares

काठमाडौँ, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा भएको विवादको सत्यतथ्य छानबिन गर्नका लागि निर्वाचन पर्यवेक्षण टोली आज त्यसतर्फ गएको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाको विवादबारे बुझ्नका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सङ्कल्पका विषयविज्ञसहितको एक उच्चस्तरीय टोली भरतपुर प्रस्थान गरेको नियोकका कोषाध्यक्ष भवानीप्रसाद खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छानबिनका लागि नियोगका तर्फबाट उपाध्यक्ष चरण प्रसार्इं, महासचिव डा गोपालकृष्ण शिवाकोटी, प्रा चिरञ्जीवी खनाल, हस्तबहादुर गुरुङ, सङ्कल्पको कार्यकारी निर्देशक चन्दा राई श्रेष्ठ टोलीमा रहनुभएको छ ।

उक्त स्थानमा सत्यतथ्य बुझ्ने क्रममा टोलीलाई सहयोग पु¥याइदिनु हुन नियोकले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दलहरु, उम्मेदवार एवम् सर्वसाधारण नागरिक सबैलाई आग्रह गरेको छ ।

उक्त महानगरपालिकाको वडा नं १९ मा मतगणना गर्ने क्रममा जेठ १४ गते राति दलका प्रतिनिधिले एक्कासी मतपत्र च्यातेपछि विवाद भएको थियो । रासस

वि.सं.२०७४ जेठ १६ मंगलवार १४:२७ मा प्रकाशित

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...