back
CTIZAN AD

नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा संयुक्त साङ्गीतिक प्रस्तुति

वि.सं.२०८१ फागुन ११ आइतवार

807 

shares

पाटन (ललितपुर) । नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित संयुक्त साङ्गीतिक प्रस्तुति सम्पन्न भएको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको लगनखेलस्थित राजदल गणको आयोजनामा संयुक्त साङ्गीतिक ‘ब्याण्ड’ प्रस्तुति सम्पन्न भएको हो ।

नेपाली सेनाले आयोजना गरेको संयुक्त ब्याण्ड प्रस्तुतिमा मित्रराष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र नेपाली सैनिक ब्याण्डको प्रस्तुति रहेको थियोे ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि उद्योग वाणिज्य सङ्घ ललितपुरका प्रतिनिधिसहित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियोे ।

यस्ता कार्यक्रमले सांस्कृतिक आदानप्रादन, सम्पदा, पर्यटन प्रवद्र्धन एवं कूटनीतिक सम्बन्ध सुधारमा थप टेवा पुग्दछ भन्ने विश्वास नेपाली सेनाले लिएको राजदल गण ललितपुर लगनखेलका गणपति केशरबहादुर बुढाथोकीले बताए ।

कार्यक्रम सञ्चालन गर्दै राजदल गणका सैनिक अधिकारी प्रकाश केसीले देशभक्ति, नागरिकको सेवा र आफ्नो पेसागत निष्ठाप्रति प्रतिबद्ध रहँदै नवीन ऊर्जा, उत्साह र सङ्गठनात्मक सङ्कल्पको प्रतिकात्मक दिवसका रूपमा हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिएको बताए ।

नेपाल एकीकरणसँगै सङ्गठित र सबल हुँदै आएको नेपाली सेनाको स्थापना दिवस मनाइरहँदा, आजको यस संयुक्त ब्याण्ड प्रस्तुतिले मित्रराष्ट्रसँगको कूटनीतिक सम्बन्ध सुदृढ हुने र राष्ट्रवासीको अपेक्षाअनुरूप अझ उत्कृष्ट ढङ्गले जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा एवं हौसला प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको उनले जानकारी गराए ।

“नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो । आधुनिकस्वरुपमा दुई सय ६० वर्षभन्दा लामो संस्थागत जीवन पार गरिसकेको सेनाले राष्ट्र सेवामा दिएको योगदानलाई, साङ्गठनिक गौरवका रूपमा लिँदै दिवस मनाइरहेको छ । यो क्षणमा आफ्नो कर्तव्य र निष्ठाका लागि जीवन बलिदान गर्ने महान् सैनिक योद्धाहरू स्मरणीय छन”, उनले भने ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८१९ मा पाँच कम्पनी श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज र पुरानो गोरख स्थापना गर्नुभएसँगै नेपाली सेनाको विद्यमान स्थायीस्वरुपको आधारस्तम्भ तयार भएको थियो । त्यसयता पुर्खाहरूको अविच्छिन्न सेवा, त्याग र बलिदानको स्मरण गर्दै नेपाली सेनाले वार्षिकोत्सवका अवसरमा ‘सेना दिवस’ मनाउँदै आएको छ ।

नेपालको राष्ट्रियगानसँगै सुरु भएको संयुक्त ‘ब्याण्ड डिस्प्ले’ प्रदर्शनीमा मित्रराष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र नेपाली सैनिक ब्याण्डले प्रस्तुतीकरण गरेका छन् । त्यसपश्चात् युवा किशोरकिशोरीहरूले स्थानीय संस्कृतिअनुसारको साङ्गीतिक प्रस्तुतीकरण गरेका थिए । अन्त्यमा, नेपाली सेनाको सैनिक व्याण्डद्वारा सैनिक गान रातो र चन्द्र सूर्यको प्रस्तुतीकरण गरेर सम्पन्न भएको हो ।

वि.सं.२०८१ फागुन ११ आइतवार १६:५१ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...