back
CTIZAN AD

विवाहमास पछिको शुभमुहूर्त

वि.सं.२०८१ फागुन ११ आइतवार

1.1K 

shares

काठमाडौँ । विवाहको मास नव विवाहित दम्पतीका लागि मधुमासतुल्य हुन्छ भन्ने मानसिकता नेपाली समाजका प्रायः सबै वरवधुमा रहेको छ । भविष्यमा आफ्ना सबै सन्तति कुलाचारवान्, सदाचारी, संस्कारी, बुद्धिमान्, व्यावहारिक र असल बनून भन्ने चाहना सबै दम्पतिको हुन्छ नै । विवाहको उद्देश्य पनि यही हो । ज्योतिष शास्त्रका ग्रन्थहरूमा उल्लेखित गर्भाधानको शुभ मुहूर्तमा यदि गर्भ रहेमा वास्तवमै कुलदीपक सन्तान जन्मिन्छन् भन्ने विश्वास नेपाली सनातन धर्मावलम्बी जनमा रहेको पनि छ । तर गर्भाधानको शुभ मुहूर्त बताउन खोज्नु लज्जा बोधको पराकाष्ठा हो भन्ने आम बुझाइ छ । यस कारण योग्य ज्योतिषी वा यो मुहूर्तलाई सजिलै पढेर बुझ्न बुझाउन सकिने कुनै पञ्चाङ्ग, पुस्तक वा लेख निबन्ध आदिको अभाव रहेको देखेर यहाँ नवविवाहयता दम्पतीलाई लक्षित गरेर गर्भाधानको शुभ मुहूर्तलाई प्रकाशित गरिएको छ ।

ज्योतिष शास्त्रमा गर्भाधानको शुभ मुहूर्तका लागि मुख्यतः वधूको रजोधर्म वा रजस्वलालाई मुख्य कारण मानिएको छ । नारीको प्राकृतिक धर्म र उनको ऋतु चक्र अनुसार प्रथम रजस्वला भएका दिनदेखि प्रत्येक महिनाका २७–२७ औँ दिनमा नियमित हुन्छ । स्मरण रहोस् २७ नक्षत्र दिनको एक चान्द्रमास हुन्छ । हरेक चान्द्रमासमा स्वस्थ नारीको एक ऋतु चक्र पूरा भई अर्को ऋतु चक्र प्रारम्भ हुँदा रजो निवृत्ति हुन्छ । नारीका शरीरमा इन्द्रलाई लागेको ब्रह्म हत्याको पापले निवास गर्नाले रजोधर्म देखिने कुरा गरुड पुराणले बताउँछ । यसैलाई रजस्वला भनिन्छ । औषधीको प्रयोगले यसलाई रोक्नु वा पछाडि धकेल्नु हुँदैन । यसले नारीको प्रजनन स्वास्थ्यमा गम्भीर आघात पार्छ । यसका चार रातलाई छोडेर पाँचौँ रातदेखिको सहवासबाट गर्भ रहने सम्भावना हुन्छ । पाँचौँ छैटौँ र सातौँ रातमा गर्भ नरहने र रहेमा पनि असल सन्तान हुँदैनन् भन्ने शास्त्रकारहरूको मत रहेको छ । आठौँ रातदेखि सोह्रौँ रातसम्म गर्भा रहेमा असल सन्तान जन्मिन्छन् भन्ने मान्यता धर्मशास्त्र, ज्योतिष शास्त्र, आयुर्वेद आदि ग्रन्थ र गरूडादि पुराणहरूमा उल्लेख भएको पाइन्छ ।

सम रात्रि ९८,१०,१२,१४,१६० मा गर्भ रहेमा कुलदीपक पुत्र र विसम ९ ९,११,१३,१५० रात्रिमा लक्ष्मीवती पुत्री जन्मिन्छन् भन्ने कुरा ज्योतिष शास्त्र र आयुर्वेदका ग्रन्थकार आचार्यहरूको उद्घोष पाइन्छ । सबै रात गर्भाधानयोग्य हुँदैनन् । यी रातहरूमा तिथि, नक्षत्र, योग शुभ लग्न र शुभ समय भने विचारणीय हुन्छ ।

गर्भाधानका लागि अशुभ समय

गर्भाधानका लागि तिथिगण्डान्त, नक्षत्रगन्डान्त र लग्नगण्डान्त वर्जित गरिएका छन् । जन्म तारा र मृत्युसंज्ञक ताराका दिन ९तारा जान्ने रीति विज्ञ ज्योतिषीले मात्र बुझेका छन्, सबैले बुझेको देखिँदैन० पनि निषेध छन् । मूल, भरणी, अश्विनी, रेवती र मघा नक्षत्र, पर्वतिथि ९औँसी र पूर्णिमा० षष्ठि, अष्टमी र चतुर्दशी तिथि , सङ्क्रान्ति, चन्द्रसूर्यको ग्रहणदिन, श्राद्धदिन त्यसको पूर्वदिन, व्यतिपात, वैधृति, परिघ, उत्पात, बज्रयोग, भद्रा करण, आइतबार, मङ्गलवार, र शनिवारका दिनमा दिवा र सन्ध्या कालमा, जन्म लग्न र जन्म राशिदेखि आठौँ चन्द्रमा भएको रातमा गर्भाधान निषेध छ । यी रातमा गर्भ रहेमा दुर्योधन जस्ता कुत्सित् वा खराब सन्तान जन्मिन्छन् र कुलध्वंशी वा कुलाङ्गार हुन्छन् भन्ने शास्त्रकारहरूको मत रहेको छ ।

गर्भाधानको शुभ समय

ऋतु चक्रका आठौँ रातदेखि सोह्रौँ रात्रिमा तीन उत्तरा उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा०, मृगशीरा, हस्ता, अनुराधा, रोहिणी, स्वाती, श्रवण, धनिष्ठा र शतभिषा नक्षत्रमा, केन्द्र त्रिकोणमा शुभ ग्रह भई पुरुष ग्रहको दृष्टि परेको र पुरुष राशिकै लग्नमा, चन्द्रमा विषम राशिको नवांशमा भएको समयमा गर्भाधान भएमा अत्यन्त शुभ मानिन्छ ।

नेपाली समाजमा गर्भाधान मुहूर्तलाई लज्जाको मानसिकताले हेरिएको छ र यसलाई पञ्चाङ्गहरूमा पनि प्रकाशन गरिएको देखिँदैन । यही कारण यो महत्त्वपूर्ण ज्ञान लिनबाट सनातन संस्कार प्रेमी युवा दम्पती वञ्चित भएका छन् । यो ज्ञानको अभावमा गर्भ निरोधक साधन र औषधीको प्रयोगले उनीहरूको प्रजनन स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । माथि उल्लेखित दश रात्रिलाई सदुपयोग गरे गर्भ रहन्छ । यी रात्रिमा ब्रह्मचर्य पालन गरे औषधी जन्य साधनको प्रयोग नै गर्नु पर्दैन । त्यसपछिका अन्य रात्रिमा प्रायः गर्भ रहँदैन । यो सद्शिक्षाले जीवनको स्वास्थ्य, असल सन्तानको चाहना, वंश परम्पराको निरन्तरता, कुलको उद्धारका साथै परमार्थ पनि सार्थक बन्छ । (उपप्रा. अम्बरराज ढकाल, पिण्डेश्वर विद्यापीठ, धरान)

वि.सं.२०८१ फागुन ११ आइतवार १७:०० मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...