back
CTIZAN AD

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

वि.सं.२०८१ फागुन ११ आइतवार

570 

shares

काठमाडौँ । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् ।

बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनकोे भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताइन् ।

सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गरिन्।

उनले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”, भनिन्।

सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उनले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताइन्  ।

प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाइन् ।

 

वि.सं.२०८१ फागुन ११ आइतवार १७:०१ मा प्रकाशित

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...