back
CTIZAN AD

किटमा अध्ययनरत विद्यार्थीले चाहे त्रिविले भर्ना लिने

वि.सं.२०८१ फागुन १४ बुधवार

1.3K 

shares

काठमाडौं । किटमा अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन चाहे भर्ना लिने जनाएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा सृृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा भर्ना हुन चाहे भर्ना गर्न सकिने जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘त्रिविले भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट मा श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’

१६ फेब्रुअरी मा (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार तथा कुटपिट भएको थियो । क्याम्पस प्रशासनकै निर्देशनमा नेपाली विद्यार्थीमाथि कुटपिट हुन थालेपछि असुरक्षाका कारण धेरै विद्यार्थी नेपाल फर्किएका छन् ।

यसअघि पूर्वाञ्चल विश्वविद्यालयले पनि किटबाट फर्किएका विद्यार्थीको क्रेटिड ट्रान्सफर नीति अनुरुप भर्ना लिन सकिने सूचना निकालेको छ । विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयहरूमा नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेर त्यस्तो गर्न पाइने जनाएको छ ।

केआईआईटी प्रशासन, भारतीय अधिकारी तथा नेपाली अधिकारीहरूले अहिले अवस्था ‘सामान्य’ रहेको भन्दै विद्यार्थीहरूलाई भर्ना भएको शैक्षिक संस्थामै फर्कन आग्रह गरिरहेका छन् तर कलेज प्रशासनले घटनाबारे माफी मागे पनि नेपाली विद्यार्थीहरु फर्कन डराइरहेका छन् ।

 

वि.सं.२०८१ फागुन १४ बुधवार ०८:३२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...