काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
वि.सं.२०८१ फागुन २० मंगलवार ११:२८ मा प्रकाशित




























