back
CTIZAN AD

सामुदायिक वनमा सालको रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

वि.सं.२०८१ फागुन २५ आइतवार

645 

shares

नेपालगन्ज (बाँके) । जिल्लाका सामुदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो ।

शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागू गरेर सालका रुखका साथसाथै अन्य रुख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए ।

कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको उनले बताए । वन संवर्द्धन प्रणाली लागू गरेपछि साल प्रजातिबाहेक अन्य रुखका संरक्षण हुने विश्वास गरिएको छ । “यसको उद्देश्य सालका प्रजातिसँगै अन्य जातका प्रजातिलाई पनि जोगाएर वन क्षेत्रको संरक्षण गर्नु हो”, उनले भने ।

जिल्ला वन कार्यालयका सूचना अधिकारी टङ्कबहादुर गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताए । “यस प्रणालीबाट कतिपय ठूला सामुदायिक वनले त वर्षमा रु एक करोड हाराहारीमा आम्दानी गरिरहेका छन्”, उनले भने ।

सूचना अधिकारी गुरुङले सो प्रणालीबाट पिपल, वर, बेल र चराका बासस्थान (गुँड) हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको बताए । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्द्धन प्रणाली सुरु भएको थियो ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक, चार धार्मिक, एक सय चार निजी र एउटा चक्ला वन रहेको छ । डिभिजन वन कार्यालय बाँकेले श्रीखण्ड प्रजातिको बिरुवा संरक्षणका लागि निःशुल्क बिरुवा वितरण गर्न थालेको छ । सूचना अधिकारी गुरुङले यस वर्ष १८ हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले यस वर्षदेखि नै ती बिरुवाको निःशुल्क वितरण हुने उल्लेख गरे । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:०५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...