back
CTIZAN AD

पूर्वराजाको स्वागतमा आज शक्ति प्रदर्शन, सुरक्षा सतर्कता उच्च

वि.सं.२०८१ फागुन २५ आइतवार

897 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।

गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण तथा पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेर पूर्वराजा शाह आज काठमाडौं फर्किने कार्यक्रम छ ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज दिउँसो १ बजे पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम समेत छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने छ ।

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी टेक तामाङले विशेष रणनीति बनाएर सुरक्षाकर्मीहरुलmाई हाई एलर्टमा राखिएको बताए ।

वि.सं.२०८१ फागुन २५ आइतवार १०:१५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...