काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्त, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
वि.सं.२०८१ फागुन २५ आइतवार ११:२० मा प्रकाशित






























