back
CTIZAN AD

सबैलाई सहभागी गराउन निर्वाचन सार्नुपरेको हो : सञ्चारमन्त्री

वि.सं.२०७४ जेठ १७ बुधवार

693 

shares

१७ जेठ, दमक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दोस्रो चरणको निर्वाचनमा सवैलाई सहभागी गराउन सरकारले निर्वाचनको मिति सारेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रले आज झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अब भने घोषित मितिमा दोस्रो चरणको निर्वाचन निष्पक्ष, धाँधलीरहित हुने उल्लेख गर्नुभयो ।

उहाँले मधेसमा आन्दोलित राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन असार १४ गते निर्वाचन सार्नुपरेको स्पष्ट पार्नुभयो ।

दोस्रो चरणको निर्वाचनमा कसैले शङ्का नगर्न आग्रह गर्र्दै मन्त्री कार्कीले पहिलो चरणको निर्वाचनबाट देशले एक फड्को मारेको छ भन्नुभयो । उहाँले माओवादीमा राजनीतिक इमान्दारिता भएको भन्दै सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको उल्लेख गर्नुभयो ।

कमल गाउँपालिकामा उम्मेदवार घोषणा

माओवादी केन्द्रले कमल गाउँपालिकाको अध्यक्षमा अधिवक्ता विमल सङ्ग्रौलालाई उम्मेद्वार बनाएको छ । यस्तै उपप्रमुखमा गौरी राई उम्मेदवार बन्नु भएको छ ।

त्यसैगरी सो गाउँपालिकाको सातैवटा वडामा वडा अध्यक्षसहित सबै पदको टुङ्गो लगाएको छ । जसअनुसार वडा नम्बर १ को अध्यक्षमा पर्शुराम सुवेदी, २ को अध्यक्षमा प्रताव सुब्बा, ३ को अध्यक्षमा छत्रहाङ फागो, ४ को वडा अध्यक्षमा सूर्यप्रसाद सुब्बा, ५ को वडा अध्यक्षमा नरमाया तामाङ, वडा नम्बर ६ को अध्यक्षमा कलमराज सङ्ग्रौला र ७ नम्बरको वडाअध्यक्षमा रविन गुरुङलाई उम्मेद्वार बनाएकोे छ । रासस

वि.सं.२०७४ जेठ १७ बुधवार १५:५५ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...