back
CTIZAN AD

रेशमखेती हराएपछि पशुको आहारा बन्यो किम्बु

वि.सं.२०८१ फागुन २९ बिहीवार

999 

shares

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।

भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।

कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा उत्पादन गर्न लागेको हो । यादवका अनुसार असारमा बिरुवा बिक्री गरिन्छ । बागमती प्रदेशभित्रका स्थानीय तह र सहकारीले धेरै बिरुवा खरिद गरेर अनुदानमा बाढ्ने गर्दछन् । ती बिरुवा पशु चौपाय आहारका लागि किसानलाई बाढ्ने गरिन्छ ।

सुरुआती समयमा रेशमखेतीका लागि किम्बुको प्रयोग गर्ने गरिएको भए पनि अहिले रेशमखेती हुन छाडेपछि पशुपालन गर्ने किसानले घाँसको रुपमा प्रयोग गर्न थालेका हुन । उत्पादित बिरुवा चितवनसहित रामेछाप, दोलखा, सिन्धुली, गोरखा, धादिङलगायतका जिल्लामा जाने गरेको छ ।

प्रतिबिरुवा रु पाँचको दरले बिक्री गर्ने गरिएको छ । उनले भने, “रेशमखेती गर्न कृषकले छोडेपछि अहिले पशुपालन गर्ने किसानले किम्बुका बिरुवा घाँसका लागि लैजाने गरेका छन् ।” कार्यालयले अहिले कानमा जातको किम्बु लगाउने गरेको छ । यसमा २१ प्रतिशत प्रोटिन र ११.५ प्रतिशत कार्बाेहाइडेड हुने गर्दछ । जसका कारण रेशम कीराले सहजै पचाउन सक्ने हुँदा रेशमको रोजाइमा पर्ने गर्दछ । यो पशु चौपायका लागि पनि उपयुक्त घाँस हुने उनी बताउँछन् ।

रेशमखेती झन्झटिलो हुने र त्यसको उचित मूल्य नपाउँदा यहाँका किसानले खेती गर्न छाडेका हुन् । सरकारले कोकुनको मूल्य प्रतिकिलो रु ३७५ तोकेको थियो । यो मूल्यमा लागत नउठ्ने र किन्ने ग्राहक समेत नपाउने भएपछि किसानले खेती गर्न छाडेका हुन् । पहिले पहिले सरकारले रेशमपालनका लागि विभिन्न शीर्षकमा अनुदान दिने भए पनि पछिल्लो समय अनुदान समेत हटाएपछि किसान पलायन हुन थालेका हुन् ।

कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार सुरुमा माडीलाई रेशमखेतीको पकेट क्षेत्रको रुपमा विकास गरिएको भए पनि अहिले त्यहाँका किसानले यो व्यवसाय छाडेका छन् । यसअघि मकवानपुरलगायतका जिल्लामा पनि रेशमपालन हुने गरेको थियो ।रासस/फाइल फोटो

वि.सं.२०८१ फागुन २९ बिहीवार १०:५२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...