back
CTIZAN AD

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत

वि.सं.२०८१ चैत ३ आइतवार

483 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले यस विधेयकले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्नेमा सरकार विश्वस्त रहेको बताए । “यो विधेयकले निःसन्देह आर्थिक र व्यावसायिक वातावरण सुधार गर्छ । लगानी अभिवृद्धिका लागि आधार प्रदान गर्छ भन्ने सरकारको दृढ विश्वास छ”, उनले भने, “तथ्यहीन र आधारहीन आरोपको पछाडि लाग्नुभन्दा तथ्यलाई अनुसरण गर्नु राम्रो हुन्छ, राजस्वमा कुनै सम्झौता हँुदैन ।”

यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले यस विधेयकले ठूला प्रकारका व्यावसायिक घरानाहरूलाई कर छुट दिने व्यवस्था गरेको तर मझौला र साना उद्योग व्यवसायबारे कम बोलेको टिप्पणी गरे । उनले विदेशी लगानीलाई प्रोत्साहन गर्दा स्वदेशी पुँजीबारे पनि ध्यान दिन सक्नुपर्ने सुझाव दिए ।

माओवादी केन्द्रकै सांसद विमला सुवेदीले सीमित व्यक्तिका लागि लक्षित गरेर विधेयक ल्याइएको टिप्पणी गरे । स्वदेशी पुँजी विदेश पलायन गराउने र गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति घुमाउरो बाटोबाट शुद्धीककरण गर्ने मनसाय यसमा रहेको उनकोे आरोप थियो ।

छलफलका क्रममा नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आमनागरिकलाई आर्थिक वृद्धिको पहुँचमा पु¥याउन लगानीलाई उदार गर्नुपर्ने धारणा राखे । “लगानीको क्षेत्र सुधार गर्नुपर्छ, निजी क्षेत्र नै विकासको इञ्जिन हो । हरेकलाई शङ्काको नजरले हेरेर हँुदैन”, उनले भने ।

सांसदहरू जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, सराजअहमद फारुकी, विजुला रायमाझी, महेन्द्रबहादुर शाही, रुपासोशी चौधरी, नारायणी शर्मा, डा अमरेशकुमार सिंह, प्रेम सुवाल, शिव नेपाली, रणेन्द्र बराली, सूर्यप्रसाद ढकाल, सुशीला सिर्पाली ठकुरी, लेखनाथ दाहाल, प्रेम सुवाल र मेटमणि चौधरीले सैद्धान्तिक पक्षमा धारणा व्यक्त गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

 

वि.सं.२०८१ चैत ३ आइतवार १८:१२ मा प्रकाशित

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु...