back
CTIZAN AD

राष्ट्रियसभामा तीन विधेयक टेबुल

वि.सं.२०८१ चैत ८ शुक्रवार

696 

shares

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफल सुरु भएलगत्तै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रुपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गरेका थिए । उनकोे नियमापत्तिपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावलीमा भएका व्यवस्था बाझिएकाले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरे ।

“यो विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट आएको हो । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रतिनिधिसभाले विधेयक पठाएको हो । तर राष्ट्रियसभा नियमावलीमा भएको व्यवस्था केही फरक रहेको र बाझिएको छ । हामीले मान्ने राष्ट्रियसभा नियमावलीको व्यवस्था हो,” उहाँले भन्नुभयो, “यस विषयमा थप केही छलफल गर्नुपर्ने भएकाले १५ मिनेटका लागि बैठक स्थगित हुन्छ ।”

आजै राष्ट्रियसभामा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका थिए ।

 

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:२२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...