back
CTIZAN AD

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

वि.सं.२०८१ चैत ९ शनिवार

2.6K 

shares

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय श्रद्धेय नेता गिरीजाप्रसाद कोईरालाको १५औं स्मृती दिवस एक विशेष समारोह गरी मनाएको छ ।

च्याप्टरको कार्यालय उडसाईड्स न्युयोर्कमा मार्च २१ का दिन फाउन्डेशन पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिसहित स्वर्गीय श्रद्धेय नेता गिरीजाप्रसाद कोईरालाकोको तस्वीरमा माल्यार्पण एवं दीप प्रज्वलन गरी श्रद्धासुमन प्रकट गरियो।

कार्यक्रमको शुभारम्भ गर्दै फाउन्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेले ‘उँहाँसँग आफु बाल्यकालदेखी अत्यन्त नजीकभै कोईराला निवास विराटनगर एवं बहुदल पछिका दिनहरूमा काठमाडौंमा लामो समय संगत गरेको र वहाँमा सदा राष्ट्रप्रेम एवं प्रजातन्त्र, शान्ती र विकासको मार्गबाट समुन्नत नेपालको सपना एवं मार्गदर्शन आफूले पाएको’ बताए । ‘वहाँको भौतीक शरीर देहावसान पश्चात वहाँको स्मृतीमा स्थापित फाउन्डेशनले मातृभुमी नेपाल लगायत विश्वका २० भन्दाबढी राष्ट्रमा रहेका नेपाली एवं अन्य समुदायलाई मानवीय,सामाजिक,सांस्कृतिक पहिचान तथा अन्य आवश्यक सहायता गर्न लागी परेको’ बताउँदै अमेरीका च्याप्टरले कोभीड कहरदेखी आजपर्यन्त निरन्तर सामाजिक सेवामा निरन्तर लागि परेको कुरामा जोड दिए ।

सोही समारोहमा बोल्दै सिन्धु अमेरीका वेलफेयरका अध्यक्ष पासागं नोर्बु शेर्पाले स्व गिरीजावावु एक ऐतीहासीक युगपुरुषको रूपमा नेपाली जनजनको मनमष्तीस्कमा रहीरहेको कुरामा जोड दिँदै स्वर्गीय कोइरालाप्रति श्रद्धांजली अर्पण गरे ।

त्यसैगरी धादिङ समाज अमेरीकाका अध्यक्ष टक रूवालीले स्व गिरीजा प्रसाद कोईरालाले नेपलमा जीवनभर संघर्ष गरी सिंगो युग र व्यवस्था परीवर्तन गर्दै गणतन्त्र नेपाल सुम्पीएर गएको कुरामा जोड दिए । फाउन्डेशनका उपाध्यक्ष्य सुवर्ण लामाले प्रजातन्त्र,शान्ती र विकासका खातीर सहमती,सहकार्य र एकताको मुलमन्त्रसाथ उनले मुलुकमा ऐतीहासीक युगको थालनी गरेको कुरामा जोड दिए ।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले उनको आँट र व्यक्तित्वका कारणलेनै नेपालमा गणतन्त्र आएको र अहिले उनीजस्तो शिखर व्यक्तिको अभावमा गणतन्त्र धर्मराएको त छैन भन्ने आभाष भैरहेको बताए । उनले ‘२०६७ चैत्र७ मा वहाँको निधनपश्चात देशविदेशका राजनेता लगायत लाखौं नरनारी स्वस्फुर्त वहाँको मलामी भएको’ स्मरण गराए ।

सो अवसरमा फाउन्डेशनका कोषाध्यक्ष्य रेखा श्रेष्ठ, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायत सामाजिक व्यक्तित्वहरू राजेन्द्र श्रेष्ठ, भरत मोक्तान, योगेन्द्र अधिकारी, हरी बहादुर घर्तीपुन, सन्तोष वस्नेत, दिलीप कुमार श्रेष्ठ, निशा कर्माचार्य, मिंग्मा भोटे, टोपेन्द्र रावत, रविन विडारी, युदिन गिरी, रचित राजवंशी, आंग शेर्पा, सरीता केसी, पुर्णीमा मगर एवं न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरका सचिवालयका प्रमुख जेम्स् मोंगेलुजो लगायतका महानुभावहरु उपस्थित भै उनीप्रती श्रद्दान्जली व्यक्त गरेका थिए ।

अपराह्न १ बजेबाट शुरु भै करीब ३ घन्टा संचालीत सो कार्यक्रममा खाना एवं जलपानको प्रायोजन संस्थाकै कोषाध्यक्ष्य रेखा श्रेष्ठद्वारा संचालित टेष्टअफ नेपाल ज्याक्सनहाईट्सले गरेको थियो। न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरका सचिवालयका प्रमुख जेम्स् मोंगेलुजोले न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरले फाउण्डेशनका कृयाशील सदस्यहरु समाजमा स्वयंसेवक भएर योगदान पु¥याएकाहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

जिपि फाउन्डेसन अमेरीका च्याप्टरले निरन्तर विभिन्न कार्यक्रमहरु मार्फत प्रवासमा रहेका नेपालीहरुको भावना समेत समेट्दै विभिन्न मानवीय सहायता एवं रचनात्मक तथा समय सापेक्षीत कार्यक्रमको माध्यमबाट नेपाल र नेपालीहरुलाई भौतीक एवं भावनात्मक रूपमा जोड्न समाजका विभिन्न तहतप्काका व्यतित्व एवं सामाजिक संस्थाहरुसँग हातेमालो गरी यथासक्य प्रयास गरीरहेको छ।

वि.सं.२०८१ चैत ९ शनिवार १७:४८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...