back

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

वि.सं.२०८१ चैत १४ बिहीवार

198 

shares
GLOBAL IME AD
NTC AD

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताएका हुन् ।

“सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उनले भने । उनले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताए ।

मन्त्री सिंहले ‘स्मार्ट सिटी’को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताउनुभयो । बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरु बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी)ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिए ।

 

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५१ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...