back
CTIZAN AD

शैक्षिकसत्र सुरु नहुँदै स्थानीय तहमा पाठ्यपुस्तक

वि.सं.२०८१ चैत २७ बुधवार

654 

shares

किमाथाङ्का (सङ्खुवासभा) । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।

भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् ।

सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताए । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उनको भनाइ छ ।

भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् ।

सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने गरी वितरण भइरहेको भण्डारीले बताए ।रासस

 

वि.सं.२०८१ चैत २७ बुधवार १३:२८ मा प्रकाशित

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ । ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा (भद्रपुर) । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...