काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।
गत आइतबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
वि.सं.२०८२ वैशाख २ मंगलवार ११:४४ मा प्रकाशित




























