back
CTIZAN AD

त्रिविद्वारा पुनः ट्रान्सक्रिप्ट तथा सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालन

वि.सं.२०८२ वैशाख २ मंगलवार

1.8K 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आजदेखि पुनः ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालनमा ल्याएको छ । कार्यालयले सेवाहरुको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा संचालनमा ल्याएको हो ।

कार्यालयले सूचना जारी गर्दै गत वर्षदेखि नै अनलाइन सेवा संचालन गरिए पनि प्राविधिक कारणले यस अघि निरन्तरता दिन नसकेको जनाएको छ । कार्यालयले अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार आगामी जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का.बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट संचालन गरिने जनाएको छ ।

कार्यालयका अनुसार अनलाइल फाराम भर्न student.tuexam.edu.npमा लगइन गरी दिइएको निर्देशन अनुसार फाराम भरी तोकिएको शुल्क संलग्न बैंक मार्फत अनलाइनबाट भुक्तानी गरी पेश गर्नु पर्नेछ । यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भए बमोजिम मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गई सच्याएर पेश गर्नु पर्नेछ । अनलाइन वितरण गरिएका मार्कसीट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेंलो सक्कल मार्कसीटमा फरक पर्न गए आवेदन आईडीको स्लिप र पहेंलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ ।

यसरी फाराम अनलाइन माध्यमबाट पेश गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ । विभिन्न सीमाहरु भएतापनि परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अनलाइन सेवा निरन्तरताको लागि सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

कार्यालयले विस्तृत जानकारीको लागि संलग्न Student Portal Manual हेर्न हुन समेत सूचित गरेको छ ।

वि.सं.२०८२ वैशाख २ मंगलवार १२:४२ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...