back

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

वि.सं.२०८२ वैशाख ४ बिहीवार

258 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गरे ।

“अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने,“हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे ।

 

वि.सं.२०८२ वैशाख ४ बिहीवार १४:४० मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...