back
CTIZAN AD

धरानका मेयर हर्क साम्पाङविरुद्ध अभद्र व्यवहारको मुद्दा

वि.सं.२०८२ वैशाख १० बुधवार

873 

shares

सुनसरी । धरानका मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ । सडक बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ कै चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

सन्तोष लिम्बू धरान-११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद मिलाउन मेयर साम्पाङ सोमबार आउने भनिएपनि उनी मंगलबार मात्र निर्माणस्थल पुगेका थिए । तर, उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषको भनाइ छ । ‘मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु’ उनले भने ।

मेयर साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । सोक्रममा जोन लिम्बू आफूमाथि आइलागेको उनले बताए । सन्तोष लिम्बु माओवादी कार्यकर्ता हुन् ।

वि.सं.२०८२ वैशाख १० बुधवार ११:५९ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...