back
CTIZAN AD

पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

वि.सं.२०८२ वैशाख १० बुधवार

606 

shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुव्र्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ ।

प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरास्थित सार्वजनिक सडकको तस्बिर लिनेक्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई दहैसम्म कारवाही गर्न माग गरेको छ ।

रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा आज जारी विज्ञप्तिमा, “पत्रकार मिश्रलाई यही वैशाख ९ गते मङ्गलबार दिउँसो कोलमोतेश्वर कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित निर्माणाधीन सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले हस्तक्षेप गरी धाकधम्की दिएको तथा सङ्कलित तस्बिर हटाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ”, भनिएको छ ।

उक्त घटनाबाट पत्रकार मिश्रको मात्र नभई सम्पूर्ण पत्रकारहरूको मनोवैज्ञानिक र भावनात्मक रूपमा असर पुग्ने निष्कर्ष रहेको उल्लेख गर्दै प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले समाचार सङ्कलन तथा सम्प्रेषणमा खटिने पत्रकारलाई सुरक्षा दिँदै मनोबल बढाउनेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गरेका छन् ।

महासङ्घले देश र जनताका पक्षमा अहोरात्र काम गरिरहेको श्रमजीवी सञ्चारकर्मीमाथि हुने यसकिसिमका दुव्र्यबहार एवं ज्यादतिका कारण सुरक्षा चुनौती थपएिको र नागरिकको अभिव्यक्ति तथा सूचनाको हकसम्बन्धी अधिकार हनन भएको निष्कर्षसहित आपत्ति व्यक्त गरेको छ ।

आमसञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार अन्त्य गर्न र अभिव्यक्ति तथा सूचनाको हकमाथिको अधिकार सङ्कुचन हुन नदिन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दैै पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानुनबमोजिम कारवाही गर्न अध्यक्ष सापकोटाले जोडदार माग गरेका छन् ।

 

वि.सं.२०८२ वैशाख १० बुधवार १४:५० मा प्रकाशित

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...