back
CTIZAN AD

विपन्नका लागि घर बनाउँदै महानगर

वि.सं.२०८२ वैशाख ११ बिहीवार

723 

shares

चितवन । भरतपुर महानगरपालिकाले विपन्नहरूका लागि घर बनाउने भएको छ । महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत एक सय ३९ जना लाभग्राही छनोट गरिएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने योजना पलाएको बताइन् । उनले गत मङ्सिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको जानकारी दिइन् ।

प्रमुख दाहालका अनुसार चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरिएको छ । एउटा घर बनाउन रु पाँच खर्च हुने अनुमान गरिएको छ । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमशः घर बनाउँदै लगिने उनले जानकारी दिइन् ।

यस कार्यक्रमअन्तर्गत महानगरभित्र रहेका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकास गर्न विपन्न परिवारका लागि को सुरक्षित आवास निर्माण र हस्तान्तरण गर्नेगरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख दाहालले बताइन् ।

‘भरतपुर महानगर प्रमुख विपन्न आवास कार्याक्रम कार्यविधि’ बनाएर कार्यन्वयनमा ल्याएको कार्यक्रमका सदस्यसचि इञ्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत लाभग्राही छनोट गरिसकिएको छ ।

वडा कार्यालयहरूबाट लाभग्राहीको लगत सङ्कलन गरी स्थलगत अनुगमनको काम सकिएको बताउँदै उनले भने, “पाँच सय भन्दा बढी “लाभग्राहीको आवेदन फारम परेको थियो । स्थलगत अनुगमन पछि एक सय ३९ जना छनोट भएका छन् ।” कार्यविधि अनुसार नौ वटा सूचकभित्र परेकाहरूको आवास निर्माण गरिने छ ।

“उक्त कार्यक्रमअन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् । घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनी प्रमाणपूर्जा पाउन सक्ने, वडाले विवाद रहित ऐलेनी जग्गा भनी सिफारिस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ”, इञ्जिनियर लामाले भने । ‘एक घर, एक परिवार’ अन्तर्गत आवास निर्माण गरिने उनले बताए ।रासस/सांकेतिक फोटो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:३४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...