back
CTIZAN AD

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

वि.सं.२०८२ वैशाख ११ बिहीवार

834 

shares

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ ।

मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।

बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ ।

यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ ।

उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताए ।

हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए ।

उनका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो । “यो केवल सुरक्षाको मुद्दा मात्र होइन”, उनले भने,“यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।”

उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् ।

विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवै मुलुकले उच्च-उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग-अलग भागलाई शासन गर्छन् ।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।

भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो ।

पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । एएफपी

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:५३ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...