back
CTIZAN AD

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

वि.सं.२०८२ वैशाख ११ बिहीवार

795 

shares

अदानचुली(हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । यही वैशाख ४ गते परेको अविरल वर्षा सहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

नियमितरूपमा सञ्चालनमा रहेको उक्त सडक खण्डवर्षाका कारण एक सातादेखि पूर्णरुपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले जेसिभीमार्फत् निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । गाउँपालिकाले चार दिन मर्मत गरेपछि आज बिहानदेखि सडक सुचारु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले बताए ।

कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने एक मात्र विकल्प रहेको उक्त सडक खण्ड अवरुद्ध भएपछि गल्फा गाडलगायतका क्षेत्रमागई सवारी साधनको प्रयोग गर्ने नागरीकलाई केही सहज भएको छ । निरन्तर एक हप्तासम्म यातायात ठप्प भएपछि गाउँमा दैनिक उपभोग्यका सामग्रीको अभावभई हाहाकार भएको व्यवसायी नवराज महताराको भनाइ छ । त्यति मात्रनभई पालिकाको ब्यावसासय देखिनिर्माणका सामग्री ढुवानी गर्ने मालबाहक ट्रक एक सातादेखि गल्फागाडमा रोहिएकोमा आजमात्रै गाउँपालिकाको केन्द्रमा आइपुगेका छन् ।

एक सातामात्रै बन्दभएको सडकका कारण पालिकामा बिभिन्न सामग्री अभावचुलिनलागेको बेला सडक खण्डखुल्दा व्यवसायीदेखि उपभोक्ता सबैलाई सहजभएको छ । नेपालगञ्ज सुर्खेतलगायतकाशहरी क्षेत्रमा जानकरिब दुई घण्टाको पैदलबाटो मार्फत कर्णाली करिडोरमा गएर मात्रै बस चढ्नुपर्ने बाध्यता थियो । उक्त बाध्यता आजबाट हटेको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:०८ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...