back
CTIZAN AD

स्याङ्जामा छुट्टाछुट्टै जिप दुर्घटना : लाखौँको भौतिक क्षति

वि.सं.२०८२ वैशाख १५ सोमवार

1.9K 

shares

स्याङ्जा । भीरकोट नगरपालिका १ लामाचौर स्थित सिद्धार्थ राजमार्गमा सोमबार बिहान साढे सात बजे बोइलर कुखुरा बोकेको बलेरो जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार दाङबाट पोखरातर्फ जाँदै गरेको ग.३ च. ६४३३ नम्बरको बोईलर कुखुरा बोकेको बलेरो जिप ब्रेक फेल भई सडक छेउको पर्खाल र प्रतीक्षालयमा ठोक्किन पुगेको छ ।
दुर्घटनाग्रस्त जिपमा रहेका चार सय ५० बोईलर कुखुरा मध्ये तीन सय वटा मरेका छन् । मानवीय क्षति भने भएको छैन ।

यस्तै यस अघि आइतबार राति साढे नौ बजे हरिनास गाउँपालिका ६ गैरा खोला राजस्वारा स्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ ।

सूचना अधिकारी तिवारीका अनुसार वालिङबाट क्याटमी जाँदै गरेको ग. १ ज. ५७०३ नम्बरको बलेरो जिप ब्याग गर्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको हो ।

जिप बाटो देखि करिब पाँच सय मिटर तल रहेको सिस्ने खोलामा खसेको थियो । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षति भएको भएपनि मानवीय क्षति नभएको तिवारीको भनाइ छ । दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

 

 

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२१ मा प्रकाशित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...