back
CTIZAN AD

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

वि.सं.२०८२ वैशाख १५ सोमवार

1.8K 

shares

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११ औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, श्रीमति सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला गुरुङ चुनिएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा,जुना दर्लामी,चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान,पम्फा थापा र सोनिया गुरुङ निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका रहेका पर्वत समाजका संस्थापक अध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष अध्यक्ष हितकाजीले संस्था जन्माउँदा सानो स्केलबाट शुरु भएको र आफ्नो जिल्लावासीलाई कसरी एकै ठाउँमा ल्याउने भन्ने सोचले संस्था जन्मिएको बताए ।

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराएका थिए भने निर्वाचन समितिका प्रमुख संयोजक एवम सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, निर्वाचन समितिका सदस्यहरु पूर्व अध्यक्षहरु पुरन गिरी, दधि आचार्य र नेत्र आलेले खादासहित बधाइ दिएका थिएका थिए ।

पूर्वअध्यक्ष पुरन गिरीले नयां कार्यसमितिलाई शुभकामना र बधाई दिँदै सोसाइटी नै आफ्ना लागि विदेशमा पहिलो खुट्किलो रहेको बताए । आफ्नो कार्यकालमा सोसाइटीमार्फत पर्वतको नाम उच्च राख्न कोशिस गरिएको बताए ।

त्यस्तै अर्का पूर्व अध्यक्ष दधि आचार्यले अप्सरा गुरुङको कार्यकाल स्वर्णिम भएको उल्लेख गर्दै नयां कार्यसमितिलाई बधाइ दिए । आचार्यले गतवर्ष आफू पर्वत गएर गाउँका गरिव तथा जेहेन्दार ५२८ जना विद्यार्थीलाई लत्ताकपडा र स्टेशनरी सामग्री वितरण गरिएको जानकारी गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष सुरज पौडेलले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरिएकोमा खुशी व्यक्त गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

पर्वत वयरफेयर सोसाईटीको अध्यक्ष अप्सरा गुरुड्गको अध्यक्षता र महासचिव बाबुराम भुसालले संचालन गरेको सो अधिबेसनले बार्षिक प्रतिबेदन छलफलबाट पास गरेको थियो ।

 

 

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:३६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...