back
CTIZAN AD

खुकुरी प्रहार गरेको आरोपमा एकै परिवारका ३ जना पक्राउ

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

1.6K 

shares

काठमाडौं । सिरहामा एक युवकमाथि बुधबाार कुटपिट तथा खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो । मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा महतोमाथि कुटपिट तथा खुकुरी प्रहार भएका हो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कुटपिट तथा खुकुरी प्रहारबाट टाउको, घाँटी र ढाडमा चोट लागेको छ भने उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । महोतो अवस्था भने सामान्य छ ।
घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एक जना भने फरार छन् ।

जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार छन् । घटनामा संलग्न जिवछसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । फरार भएका मुकेशको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०९:५५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...