काठमाडौँँ । यान मानिसको आधारभूत आवश्यकता हो । यौनको विषयमा अझै पनि मानिसहरू खुलेर कुरा गर्न लजाउछन् । गलत खानपान, अस्वस्थकर जीवनशैली र अत्याधिक तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ । पुरूषहरूमा यौन ईच्छामा कमी, लिंग उत्तेजना नहुने र शीघ्र स्खलन मुख्य यौन समस्या हुन् । आज चर्चा तपाईंको यौन शक्तिलाई बढाउँने सन्दर्भमा ।
१) व्यायाम
व्यायाम अन्तर्गत केगल्स एक्सरसाइजले यौनांग र नितम्बको वरीपरीको मांसपेशीलाई बलियो बनाउँछ । यस्का साथै अन्य प्रकारका व्ययामहरू पनि शरीरलाई स्वस्थ राख्न नियमित रूपमा गर्नुपर्ने हुन्छ ।
२) ध्यान र योगाभ्यास
मानसिक समस्या जस्तै एनजाइटी र डिप्रेसनको कारण पनि मानिसहरूमा यौन समस्या देखा पर्न सक्छऽ नियमित रूपमा ध्यान र योगाभ्यास गर्नाले यस्ले मानसिक समस्याहरूमा फाइदा गर्दछ ।
३) टेस्टेस्टेरोन बढाउने खानेकुराको सेवन
यौन स्वास्थयमा टेस्टेस्टेरोन हर्मोनको प्रत्यक्ष प्रभाव पर्ने हुँदा टेस्टेस्टेरोन बढाउने खानेकुरा जस्ता अण्डा, माछा मासु, ड्राइ फ्रुट्सको नियमित रूपमा सेवन गर्नुपर्छ ।
४) आयुर्वेदिक औषधीहरू साथै सप्लिमेन्टसको प्रयोग
आयुर्वेदिक औषधीहरू जस्तै अश्वगन्धा, गोक्षुर बीज, कपिकच्छु, शीलाजीत, अकरकरा, मुसली, अमला, यार्सागुम्बा आदिले पनि यौन शक्तिलाई बढाउँछन् । यी जडिबुटी तथा सप्लिमेन्टको सेवनमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ । यस्ता साथै सप्लिमन्टसरू जस्तै कड लिभर वयल, ओमेगा क्याप्सुल, भिटामिन ई आदि सप्लिमेन्टसहरूको पनि सेवन चिकित्सकको सल्लाह अनुसार गर्न सकिन्छ ।
५) धुम्रपान र मधपानको त्याग
धुम्रपान साथै जाँडरक्सीको अत्याधिक सेवनका कारण यौन समस्या उत्पन्न हुन सक्दछ त्यसैले जाडरक्सी, चुरोट साथै अन्य दुर्वेसनबाट बच्नु पर्ने हुन्छ ।
६) पाचन प्रणालीको स्वास्थ्यको सुधार
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ । जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ । त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन ।
वि.सं.२०८२ वैशाख १९ शुक्रवार १६:५० मा प्रकाशित



























