back
CTIZAN AD

वैशाख २१ देखि विद्यालय कर्मचारी परिषदले आन्दोलन गर्ने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

846 

shares

काठमाडौं । विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्मचारीहरुका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलन वैशाख २१ देखि सञ्चालन हुने जानकारी दिए । २१ गते कक्षा १२ को परीक्षमामा कालोपट्टी बाँधेर काम गर्ने उनको भनाई छ ।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई नेपाल शिक्षक महासंघले अलपत्र पारेको परिषद्को आरोप छ । सरकार र शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएपछि शिक्षकहरु आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका छन् ।

शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि विद्यालय कर्मचारी तथा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए । तर, सरकारसँग सहमति भएसँगै शिक्षकहरु विद्यालय फर्किएका छन् भने विद्यालय कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताएका छन् । परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने जनाएको छ ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १३:४१ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...