
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणीबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।
वि.सं.२०८२ वैशाख २१ आइतवार ०८:५० मा प्रकाशित