back
CTIZAN AD

भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा

वि.सं.२०८२ वैशाख २४ बुधवार

759 

shares

मुजफ्फराबाद (पाकिस्तान) । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी आदानप्रदान गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ ।

दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ ।

“अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन्”, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने ।

विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामाबादलाई दोष दिएको केही दिनपछि नयाँदिल्लीले पाकिस्तान प्रशासित काश्मीर र पञ्जाब राज्यका नौ स्थलमा ‘आतङ्कवादी शिविरहरूमा सटीक आक्रमण’ गरेको घोषणा गरेको थियो ।

भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ । नयाँदिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैर–विस्तारवादी प्रकृतिको छ’ भनेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाही गरेको बताए ।

“प्रतिकार पहिले नै सुरु भइसकेको छ”, आसिफले एएफपीलाई भने, “हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ ।”

गोलाबारीको वर्षा 

इस्लामाबादले आक्रमणमा एक बालकसहित आठ जना सर्वसाधारण मारिएको बताएको छ र पाकिस्तानद्वारा सञ्चालित काश्मीर र पञ्जाबमा एएफपीका संवाददाताहरूले धेरै ठूलो विस्फोट सुनेको रिपोर्ट गरेका छन् ।

पाकिस्तान प्रशासित काश्मीरको मुख्य सहर मुजफ्फराबादमा सैनिकहरूले इस्लामाबादको मस्जिद वरपरका सडकहरू घेरा हालेका छन्, जसमा धेरै घरहरूको भित्तामा विस्फोटका चिह्नहरू देखिएका छन् ।

त्यसको केही समयपछि भारतीय सेनाले पाकिस्तानमाथि काश्मीरको वास्तविक नियन्त्रण रेखा (एलओसी) पार गरेर ‘अन्धाधुन्ध’ गोली चलाएको आरोप लगायो । गोली बर्सिँदा आगोका झिल्काहरू देखिएको एएफपी रिपोर्टरहरूले देखे ।

“तीन निर्दोष नागरिकहरूले आफ्नो ज्यान गुमाए”, आफूले ‘उचित तरिकाले’ जवाफ दिइरहेको उल्लेख गर्दै भारतीय सेनाले भनेको छ ।

“हामी गोली चलेको आवाज सुनेर ब्युँझियौँ”, भारतीय पुञ्च सहरका फारुक नामक एक व्यक्तिले प्रेस ट्रष्ट अफ इन्डिया समाचार एजेन्सीलाई आफ्नो अस्पतालको शय्याबाट बताए, “मैले गोलाबारी वर्षा जस्तै देखेँ… दुई जना घाइते भए ।” उनको टाउकोमा पट्टी बाँधिएको थियो ।

काश्मीरको भारतीय नियन्त्रित भागमा रहेको वुयानमा एएफपी फोटोग्राफरले भारतीय लडाकू जेटको भग्नावशेष देखेका थिए ।

एक सुरक्षा स्रोतले यो भारतीय विमान भएको पुष्टि ग¥यो, तर यसको दुर्घटनाको कारण र पाइलटको अवस्था तत्काल थाहा हुन सकेन ।

भारत प्रशासित कश्मीरमा अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणमा पाकिस्तानमा आधारित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाका बन्दुकधारीहरूले गरेको आक्रमणप्रति भारतले सैन्य प्रतिक्रिया दिने व्यापक अपेक्षा गरिएको थियो ।

त्यस आक्रमणमा पहलगामको पर्यटकीय केन्द्रमा २६ जनाको मृत्यु भएको थियो, मुख्यतः हिन्दू पुरुषहरू थिए । कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

नयाँदिल्लीले इस्लामाबादमाथि आक्रमणको समर्थन गरेको दोष लगाएको छ, जसले शृङ्खलाबद्ध धम्की र कूटनीतिक बदला लिने उपायहरू निम्त्याएको छ ।

पाकिस्तानले आरोपहरू अस्वीकार गरेको छ । भारतीय सेनाका अनुसार दुवै पक्षले अप्रिल २४ देखि एलओसी सीमामा रातभरि गोलीबारी आदानप्रदान गरेका छन् । पाकिस्तानले दुई क्षेप्यास्त्र परीक्षण पनि गरेको बताएको छ ।

अधिकतम संयम 

सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा उपमहाद्वीपबाट अलग भएदेखि धेरै युद्धहरू लडेका दक्षिण एसियाली यी दुई छिमेकी बिचको हिंसा एक खतरनाक तनाव हो ।

कूटनीतिज्ञहरूले नेताहरूलाई युद्धको संघारबाट पछि हट्न दबाब दिएका छन् ।

“संसारले भारत र पाकिस्तान बीचको सैन्य द्वन्द्वलाई थेग्न सक्दैन”, संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले एक वक्तव्यमा भने । गुटेरेसले ‘अधिकतम संयम’ अपनाउन आह्वान गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा पत्रकारहरूलाई लडाइँ ‘धेरै चाँडै समाप्त’ हुने आशा गरेको बताए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणपछि नयाँदिल्ली र इस्लामाबादका शीर्ष सुरक्षा अधिकारीहरूसँग कुरा गरेका छन् ।

रुबियोले आफूले स्थितिलाई ‘नजिकबाट’ निगरानी गरिरहेको र ‘शान्तिपूर्ण समाधानका लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैलाई संलग्न गर्न जारी राख्ने’ बताए ।

भारतीय सेनाले ‘लक्ष्य चयन र कार्यान्वयनको विधिमा पर्याप्त संयम प्रदर्शन गरेको’ भन्दै ‘कुनै पनि पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरिएको छैन’ भनी जोड दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणलाई ‘अकारण’ र ‘कायरतापूर्ण’ भन्दै ‘आक्रमणको जघन्य कार्यलाई सजायबाट वञ्चित गरिने छैन’ भने ।

भारत प्रशासित कश्मीरमा विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् ।

भारतले नियमित रूपमा आफ्नो छिमेकीलाई काश्मीरमा आफ्ना सेनाविरुद्ध लड्ने सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोप लगाउँछ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गर्दछ ।

तेहरानले मध्यस्थता गर्न खोज्दा इरानी विदेशमन्त्री अब्बास अराघची इस्लामाबादको भ्रमणको दुई दिनपछि बुधबार नयाँदिल्लीमा आउने अपेक्षा गरिएको छ ।

भारतले पनि बुधबार धेरै नागरिक सुरक्षा अभ्यासहरू गर्ने तयारी गरेको थियो । स्थानीय सरकारी अधिकारीहरूका अनुसार पाकिस्तानको पञ्जाबमा विद्यालयहरू बन्द थिए ।

आक्रमणहरू मोदीले भारतको सीमा पार गर्ने पानी रोकिने बताएको केही घण्टापछि भएको थियो । पाकिस्तानले भारतबाट आफ्नो क्षेत्रमा बग्ने नदीहरूसँग छेडछाड गर्नु ‘युद्धको कार्य’ हुने चेतावनी दिएको थियो ।एएफपी

वि.सं.२०८२ वैशाख २४ बुधवार १२:४९ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...