back
CTIZAN AD

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल बीच सम्झौता

वि.सं.२०८२ वैशाख २५ बिहीवार

780 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल ९म्यान० बीच संयुक्त रूपमा ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम।बि।ए। मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ल्याइएको हो ।

आज बैशाख २५ गते, म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सो सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरे ।

पुरस्कार पुर्वाञ्चल युनिभर्सिटी अन्तर्गत एम।बि।ए। मा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ । पुरस्कारको राशी ५१ हजार रुपैयाँ तोकिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस अवार्डको प्रायोजक हुनेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ ।

उत्कृष्ट विद्यार्थीको चयनका लागि सिटिजन्स बैंक, पुर्वाञ्चल युनिभर्सिटी र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानद्वारा आयोजित म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिनेछ ।

सिटिजन्स बैंकले विश्वास लिएको छ कि यस कदमले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउनेछ ।

वि.सं.२०८२ वैशाख २५ बिहीवार १६:५६ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...