back
CTIZAN AD

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

वि.सं.२०८२ जेठ ४ आइतवार

1K 

shares

भोजपुर । रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।

गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताए । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उनको भनाइ छ ।

अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उनले बताए । “गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो”, उनले भने, “धेरै मानिसले यस स्थानको नाम सुनेको हुनुपर्छ । तर यो स्थानको धार्मिक महत्वसँगै ऐतिहासिक किंवदन्तीको विषयमा हामीले प्रचारप्रसार गर्न नसक्दा गुमनाम छ ।”

उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीवासी राजेन्द्र राईले बताए । यहाँ रहेका ढुङ्गाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्ने उनको भनाइ छ ।

यहाँ पापद्धार, धर्मद्धार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुङ्गा, मालिगाईको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ । यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूला ढुङ्गा रहेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचार्यले बताए । यो ऐतिहासिक धार्मिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको उनको भनाइ छ । यो क्षेत्रको विकाससँगै प्रचारप्रचारमा स्थानीय सरकारले जोड दिएको अध्यक्ष आचार्यले बताए ।

“गोल्मे राजा, गोल्मे रानी क्षेत्र ओझेलमा परेको छ”, वडाध्यक्ष आचार्यले भने,“यो स्थानको देशविदेशमा जति चर्चा हुनुपर्ने त्यो हुन नसकेको अवस्था छ । स्थानीय सरकारले यो क्षेत्रको संरक्षणसँगै यहाँको ऐतिहासिक तथ्य तथा धार्मिक महत्वको विषयमा खोजी गरिरहेको छ ।”

गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान रहेको अध्यक्ष आचार्यले बताए । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने अध्यक्ष आचार्यको भनाइ छ । यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने उनको भनाइ छ ।

देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि ओझेलमा परेको उनको भनाइ छ । गोल्मे राजारानी भिरको काखमा रहेका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए ।

पानीका मुहान नै दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले सबैलाई अचम्मित बनाउने उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए । वडाभित्र पर्ने सम्पूर्ण पयर्टकीय क्षेत्रको एकीकृत विकासका लागि सरकारको माथिल्लो निकायसँग पहलकदमी गरिरहेको वडाध्यक्ष आचार्यले बताए । रासस

 

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...