back
CTIZAN AD

बत्ती गइरहन थालेपछि संसदमा सांसदहरुको विरोध

वि.सं.२०८२ जेठ ४ आइतवार

546 

shares

काठमाडौं । झ्यापझ्याप बत्ती जाने क्रम बढेको भन्दै सांसदहरूले विरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले विद्युत्को नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेका हुन् ।

कुलमान घिसिङको बर्खास्तीसँगै विद्युत् आपूर्तिमा समस्या भइरहेको भन्दै सांसद सूर्यमान तामाङ, शिव नेपाली र ज्ञानबहादुर शाहीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनीहरुले विद्युत् श्रमिकहरुको सुरक्षामा लापरबाही बढेको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् । ‘हिले झ्यापझ्याप विद्युत् गइरहेको छ । कुलमान हुँदा लोडसेडिङ थिएन । जनताहरू अब अँध्यारोमा बस्नुपर्ने हो ?’, सांसद तामाङले प्रश्न गरे ।

विद्युत् प्राधिकरणको गैर जिम्मेवारीपनका कारण काभ्रेमा उज्वल दमाइको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । विद्युत्को पोलमा तार जडान गरिरहेका बखत अकस्मात् विद्युत् प्रवाह हुँदा उनको ज्यान गएको थियो ।

सांसद शिव नेपालीले घरघरमा अन्धकार भइरहेको भन्दै विरोध गरे । ‘सिंहदरबारमा पनि अन्धकारमा बस्न बानी परेका छन् । झ्याझ्याप बत्ती गइरहेको छ । प्राधिकरणको लापरबाहीले श्रमिकहरूको ज्यान गइरहेको छ । श्रमिकहरूको सम्मान र सुरक्षाको माग गर्दछु । स्पष्ट सुरक्षा मापदण्डसहित श्रमिकहरूलाई काममा खटाइयोस्,’ उनले भने ।

यस्तै, सांसद ज्ञानेन्द्र शाहीले काभ्रेमा विद्युत् प्राधिकरणको लापरबाहीले श्रमिकको हत्या भएको आरोप लगाए । ‘काभ्रेमा तार जडानका क्रममा करेन्ट लागेर मृत्यु भएका श्रमिकको दुर्घटना होइन हत्या भएको हो । दोषीलाई कारबाही होस्,’ उनले भने ।

वि.सं.२०८२ जेठ ४ आइतवार १२:४५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...