back
CTIZAN AD

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वि.सं.२०८२ जेठ ५ सोमवार

735 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् ।

ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए तर उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्धविरामको प्रतिबद्धता बिना समाप्त भयो ।

दुवै पक्षले एक अर्कामाथि आरोप लगाए । युक्रेनले मस्कोलाई कम–स्तरका अधिकारीहरूको ‘नक्कली’ प्रतिनिधिमण्डल पठाएको आरोप लगायो ।

वार्तापछि ट्रम्पले युक्रेनमा भएको ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपतिसँग फोनमा कुरा गर्ने घोषणा गरे । रुसले युक्रेनको ठूलो भागलाई ध्वस्त पारेको छ र लाखौँ मानिस विस्थापित भएका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र नाटो अधिकारीहरूसँग पनि कुरा गर्ने बताउनुभयो र ‘युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध… अन्त्य हुने’ आशा व्यक्त गरे ।

जनवरीमा पदभार सम्हालेयता ट्रम्पले द्वन्द्व अन्त्य गर्न चाहेको कुरा पटक–पटक जोड दिएका छन् र हालै बिना शर्त ३० दिने युद्धविरामको आह्वानलाई समर्थन गरेका छन् ।

अहिलेसम्म उनले मुख्यतया युक्रेनमाथि दबाब बढाउनमा ध्यान केन्द्रित गरेका छन् र पुटिनको आलोचना गर्नबाट टाढा रहेका छन् ।

यसअघि मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वमा बैठकको आवश्यकतामाथि जोड दिएका थिए ।

अमेरिकी राष्ट्रपतिले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क पनि दिएका छन् ।

प्रतिबन्धका लागि दबाब

अमेरिकी अधिकारीहरूसमेत उपस्थित भएको इस्तानबुलमा भएको वार्तामा कुनै ठोस प्रस्तावबिना रुस र युक्रेनले प्रत्येक एक हजार कैदी आदान–प्रदान गर्न र सम्भावित युद्धविरामबारे विचारहरू साटासाट गर्न सहमत भएका थिए ।

युक्रेनका प्रमुख वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ पुटिन र जेलेन्स्कीबीच बैठक हुने बताए ।

रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।

“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने ।

युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसपछि पुटिनमाथि युद्धविरामको आह्वानलाई जानाजानी बेवास्ता गरेको आरोप लगाएका छन् र रुसविरुद्ध नयाँ प्रतिबन्धहरूका लागि दबाब दिएका छन् ।

बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए ।

“राष्ट्रपति पुटिनसँग राष्ट्रपति ट्रम्पको भोलिपल्टको कुराकानीलाई ध्यानमा राख्दै नेताहरूले बिना शर्त युद्धविरामको आवश्यकता र राष्ट्रपति पुटिनले शान्ति वार्तालाई गम्भीरताका साथ लिनका लागि छलफल गरे”, बेलायती प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले भने, “यदि रुस युद्धविराम र शान्ति वार्तामा गम्भीरताका साथ संलग्न असफल भएको अवस्थामा प्रतिबन्धको प्रयोगबारे पनि उहाँहरूले छलफल गर्नुभयो ।”

जेलेन्स्कीले आइतबार भ्याटिकनमा पोप लियोको उद्घाटन समारोहपछि भएको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग सम्भावित प्रतिबन्धबारे पनि छलफल गरेका थिए ।

“हामीले इस्तानबुलमा भएको वार्ताबारे छलफल ग¥यौँ, वार्तामा रुसीहरूले कुनै निर्णय गर्ने अधिकार नभएको तल्लो–स्तरको प्रतिनिधिमण्डल पठाए”, बैठकपछि जेलेन्स्कीले टेलिग्राममा लेखे, “हामीले रुसविरुद्ध प्रतिबन्धको आवश्यकता, द्विपक्षीय व्यापार, रक्षा सहयोग, युद्ध मैदानको अवस्था र भविष्यमा कैदीहरूको आदानप्रदानबारे पनि कुरा ग¥यौँ ।”

राष्ट्रपति कार्यालयबाट एका वरिष्ठ युक्रेनी अधिकारीले नाम नछाप्ने सर्तमा जेलेन्स्की र भान्सले ट्रम्प र पुटिनबीच सोमबारको टेलिफोन कुराकानीको तयारीबारे पनि छलफल गरेको बताए ।

– मूल कारणहरू –

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको बहसपछि जेलेन्स्की र भान्सबीचको यो पहिलो भेट थियो ।

ओभल अफिसमा भान्सले सार्वजनिक रूपमा जेलेन्स्कीमाथि ट्रम्पप्रति ‘अनादर’ गरेको आरोप लगाए । उनले जेलेन्स्कीलाई बढी कृतज्ञ हुनुपर्ने र रुससँगको वार्तामा उनीसँग खेल्न कुनै ‘कार्ड’ नभएको बताए ।

युक्रेनले आइतबार रुसले राजधानी किएभ लगायत विभिन्न क्षेत्रलाई निशाना बनाएर रातभर देशमा रेकर्ड सङ्ख्यामा ड्रोन प्रक्षेपण गरेको र एक महिलाको मृत्यु भएको बताएको थियो ।

दक्षिणपूर्वी खेरसन क्षेत्रमा रेलवे स्टेसन र निजी घर र कारहरूमा आक्रमण हुँदा अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

आइतबार प्रकाशित रूसी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिनले थप विवरण उल्लेख नगरी मस्कोको उद्देश्य ‘यो सङ्कट निम्त्याउने कारणहरू हटाउनु, स्थायी शान्तिका लागि अवस्था सिर्जना गर्नु र रुसको सुरक्षाको ग्यारेन्टी गर्नु’ हो भने ।

द्वन्द्वको ‘मूल कारणहरू’ बारे रुसको सन्दर्भले सामान्यतया किएभ र पश्चिमसँगको गुनासोहरूलाई जनाउँछ । यसलाई मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्ने औचित्यका रूपमा अगाडि राखेको छ ।

यसमा युक्रेनलाई ‘डी–नाजीफाई’ र असैन्यीकरण गर्ने, देशको पूर्वी भागमा रुसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारलाई पछि धकेल्ने र युक्रेनको पश्चिमतिरको भू–राजनीतिक बहावलाई रोक्ने वाचाहरू समावेश छन् ।

तथापि, किएभ र पश्चिमले रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा हो भन्छन् ।
एएफपी फाइल फोटो

वि.सं.२०८२ जेठ ५ सोमवार १३:०६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...