back
CTIZAN AD

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

वि.सं.२०८२ जेठ ६ मंगलवार

675 

shares
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन् । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उनले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गरे ।
तर पुटिनले अधिक संयमित स्वर अपनाए । उनले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिए ।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गरे ।
पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राखेका छन् ।
“मलाई विश्वास छ यो कुराकानी धेरै राम्रो भयो”, सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने, “रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।”
पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताए । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने, “यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।”
धेरै उपयोगी 
यसअघि ट्रम्पले रुस र युक्रेनबीच ३० दिनका लागि बिना शर्त युद्धविरामको आह्वान गरेका थिए । किएभ सहमत भयो, तर पुटिनले अहिलेसम्म त्यस्तो कुनै पनि युद्धविरामलाई अस्वीकार गर्नुभएको छ, जसले पश्चिमी देशहरूबाट आलोचना निम्त्याएको छ ।
ट्रम्पसँगको कुराकानीबारे पुटिन अधिक संयमित देखिए । यद्यपि उनले युद्धविरामबारे छलफल गर्न तयार भएको अहिलेसम्मको सबैभन्दा ठोस सङ्केतहरू मध्ये एक दिएका थिए ।
“यो कुराकानी धेरै जानकारीमूलक, धेरै खुला र समग्रमा, मेरो विचारमा, धेरै उपयोगी थियो”, पुटिनले फोनवार्तापछि रुसी मिडियालाई भने ।
उनका अनुसार रुसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थितिहरू परिभाषित गर्ने एक ज्ञापनपत्रमा काम गर्न तयार रहनेछ ।
उनका टिप्पणीहरूले धेरै विवरणहरू अस्पष्ट छाडेका छन् र उनले थप ‘समझौताहरू’ अझै आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
किएभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै आफ्नो पदभार ग्रहणपछि रुससँगको वार्तातर्फको मोडबीच ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी रूपमा टाढा रहेका छन् ।
उनले पुटिनसँगको आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिएका छन् । यद्यपि पुटिनले गत हप्ता इस्तानबुलमा भेट्ने उनको सुझावलाई अस्वीकार गरे । इस्तानबुलमा रुस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए ।
तर पुटिनले ढिलाइ गरिरहेको आशङ्काबीच ट्रम्पले बढ्दो अधैर्यका सङ्केतहरू देखाएका छन् ।
हामीबिना 
जेलेन्स्कीले पुटिनसँगको कुराकानी गर्नुअघि र पछि ट्रम्पसँग कुरा गरे र अमेरिकी राष्ट्रपतिलाई रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न आग्रह गरे ।
“मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ”, जेलेन्स्कीले पत्रकारहरूलाई भने ।
जेलेन्स्कीले रुसले आफ्नो आक्रमण अन्त्य गर्न अघि सारेको मागलाई अस्वीकार गर्दै किएभको नियन्त्रणमा रहेको पूर्वी र दक्षिणी युक्रेनका भागहरूबाट सेना फिर्ता लिन अस्वीकार गरे ।
ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गरे ।
यसैबीच ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी दुवैका अनुसार पोप लियो चौधौँले भ्याटिकनमा रुस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गरेका छन् ।
यसैबीच युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत भएन भने रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने किएभको आह्वानलाई समर्थन गरेका छन् ।
तर ट्रम्पबाट त्यस्ता सङ्केतहरू थिए कि उनी प्रतिबन्ध लगाउनुभन्दा मस्कोसँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक छन् ।
उनले रुसले ‘यो विनाशकारी ‘रक्तपात’ समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार’ गर्न सक्ने लोभ देखाए ।
                                                                                                                                                                                                             भूमिमा रूसी सेनाले आफ्नो आक्रमण जारी राखेको छ ।
मस्कोले आफ्नो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले रातभर युक्रेनमा एक सय १२ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ७६ वटालाई खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ । एएफपी/फाइल फोटो

वि.सं.२०८२ जेठ ६ मंगलवार १३:२२ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...