back
CTIZAN AD

चुहावट रोक्न भन्सार र आन्तरिक राजस्वलाइ बलियो बनाइने

वि.सं.२०८२ जेठ १३ मंगलवार

591 

shares

काठमाडौँ । भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई बलियो बनाइने भएको छ । दुबै विभागमा रहेका अनुसन्धान इकाईलाई सुदृढ गरिने भएको हो ।

जेठ ६ गते मन्त्रिपरिषदबाट पारित भएको ‘आर्थिक कार्ययोजना २०८२’ को १९ नम्बर बुँदामा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२लाई खारेज गर्ने निर्णय गरेको छ । सोहि कार्ययोजनाको ४३ नम्बर बुँदामा राजस्व सम्बन्धि कानुनलाई सुधार गर्ने उल्लेख छ ।

सुधार सम्बन्धि तेस्रो नम्बर बुँदामा ‘राजस्व न्यायाधिकरणको संरचना सुधार गरी स्तर बढाउने र अन्य निकायको क्षमता अभिवृद्धि गर्ने राजस्व अनुसन्धान विभाग खारेज गर्ने ।’ उल्लेख छ । यो काम एक वर्षभित्र गरिसक्ने भनिएको छ । राजस्व चुहावट सम्बन्धि अनुसन्धान गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागमा छुट्टाछुट्टै इकाई खडा गरिएको छ । आन्तरिक राजस्व विभागमा अन्तशुल्क तथा अनुसन्धान महाशाखा उपमहानिर्देशकको नेतृत्वमा रहेको छ ।

यो शाखाको स्तरोन्नति गरी सबै प्रकारका राजस्व चुहावटको अनुसन्धान गर्न सक्नेछ । यसका लागि भने यो महाशाखाको क्षमता वृद्धि गर्न आवश्यक छ । यस्तै, आफ्नै विभाग मातहत कार्यालयहरुबाट भएको कर चुहावट रोक्नका लागि स्वार्थको द्धन्द्धको भने प्रश्न उब्जिन सक्छ । यसैगरी, भन्सार विभागमा पनि अनुसन्धान तथा अनुपालन शाखा राखिएको छ । यो उपसचिवको नेतृत्वमा रहेको छ । यो शाखाको प्रभावकारीता बढाउन आवश्यक छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा दुई विभागको अनुसन्धान क्षमता वृद्धि गर्न बजेटले केहि विषय समावेश गर्ने अर्थ मन्त्रालयको दाबी छ । राजस्व अनुसन्धान विभागले उद्योगी व्यवसायीलाई दुख मात्रै दिएको जनगुनासोहरु बढ्न थालेपछि उच्चस्तरिय आर्थिक सुझाव आयोगले राजस्व अनुसन्धान विभाग र यो सँग सम्बन्धित ऐन खारेज गर्न प्रस्ताव गरेको थियो ।

वि.सं.२०८२ जेठ १३ मंगलवार ११:२७ मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...