back
CTIZAN AD

गणतन्त्रात्मक शासन व्यवस्थाबाट समृद्ध मुलुक निर्माण गर्न सकिन्छः अध्यक्ष नेपाल

वि.सं.२०८२ जेठ १५ बिहीवार

435 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने बताएका छन् ।

अध्यक्ष नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जननिर्वाचित प्रतिनिधिबाट सञ्चालन हुने शासन व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएको बताए ।

सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उनले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे ।

जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको बताउँदै उनले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेकामा चिन्ता व्यक्त गरे ।

मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेकामा सबै चनाखो हुनुपर्नेमा जोड दिँदै उनले जनताको सामाजिक तथा जीवनपद्धतिका रूपमा आर्थिक रुपान्तरण स्थापित र संस्थागत गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले ऐतिहासिक जनक्रान्तिसहित न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गरेका सहिदप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानप्रति सम्मान व्यक्त गरे ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १४:२८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...