back
CTIZAN AD

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

वि.सं.२०८२ जेठ २३ शुक्रवार

690 

shares

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो ।

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो । त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोकेका हुन् ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार १५:४५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...