back
CTIZAN AD

भोजपुरमा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

वि.सं.२०८२ जेठ २५ आइतवार

1.7K 

shares

भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।

रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो । यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।

यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ ।

यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए ।

“यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ”, उनले भने ।

वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए । यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ । “यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ”, उनले भने ।रासस

 

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५९ मा प्रकाशित

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...