back

स्याङ्जामा विद्यार्थी सङ्ख्या न्यून भएपछि पाँच विद्यालय समायोजन

वि.सं.२०८२ जेठ २७ मंगलवार

225 

shares
IME Limited
NTC AD

वालिङ (स्याङ्जा) । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए । “अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ”, उनले भने, “ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।”

विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ २७ मंगलवार १०:१७ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...