back
CTIZAN AD

अर्जुनचौपारीको स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिमा सुरज अधिकारी

वि.सं.२०८२ जेठ २७ मंगलवार

1.6K 

shares

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिको जिम्मेवारी सुरज अधिकारीले पाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले पालिकाका प्रत्येक नागरिकहरुमा स्वास्थ्य सेवा सरल, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अर्जुनचौपारी गाउँपालिकामा कार्यरत हे. अ. पाँचौ सुरज अधिकारीलाई स्वास्थ्य सहजीकरण सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिले विशेष गरी गाउँपालिकाबासी नागरिकहरु जिल्ला वा जिल्ला बाहिर उपचार गराउन जाँदा सरकारी वा प्राइभेट एवम् कुनै अस्पताल, स्वास्थ्य संस्था, कुन विज्ञ डाक्टरसँग सम्पर्क गर्ने, भर्ना वा कुनै समस्या वा द्विविधा भएमा सहज र सरल तरिकाबाट सेवा उपलब्ध गराउने छन् ।
अधिकृत कौशलले स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिबाट स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि जानकारी वा सुझाव निशुल्क रुपमा लिन ९८४६४०७००४ र ९८५६०५३१३३ नम्बरमा सिधा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

 

वि.सं.२०८२ जेठ २७ मंगलवार १३:५८ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...