back

अर्जुनचौपारीको स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिमा सुरज अधिकारी

वि.सं.२०८२ जेठ २७ मंगलवार

765 

shares
IME Limited
NTC AD

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिको जिम्मेवारी सुरज अधिकारीले पाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले पालिकाका प्रत्येक नागरिकहरुमा स्वास्थ्य सेवा सरल, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अर्जुनचौपारी गाउँपालिकामा कार्यरत हे. अ. पाँचौ सुरज अधिकारीलाई स्वास्थ्य सहजीकरण सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिले विशेष गरी गाउँपालिकाबासी नागरिकहरु जिल्ला वा जिल्ला बाहिर उपचार गराउन जाँदा सरकारी वा प्राइभेट एवम् कुनै अस्पताल, स्वास्थ्य संस्था, कुन विज्ञ डाक्टरसँग सम्पर्क गर्ने, भर्ना वा कुनै समस्या वा द्विविधा भएमा सहज र सरल तरिकाबाट सेवा उपलब्ध गराउने छन् ।
अधिकृत कौशलले स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिबाट स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि जानकारी वा सुझाव निशुल्क रुपमा लिन ९८४६४०७००४ र ९८५६०५३१३३ नम्बरमा सिधा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

 

वि.सं.२०८२ जेठ २७ मंगलवार १३:५८ मा प्रकाशित

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

अब स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार...

वडाको पहलमा विपन्नलाई बिमा

वडाको पहलमा विपन्नलाई बिमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै...

औलोका सात जना बिरामी भेटिए

औलोका सात जना बिरामी भेटिए

चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...