back
CTIZAN AD

भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण

वि.सं.२०८२ जेठ २९ बिहीवार

843 

shares

त्रिवेणी (नवलपरासी) । नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधवार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको स्थानीय अमृत विकले बताए । “हजुरबुबाका पालादेखि बस्दै आएको जमिन आफ्नो नाममा थिएन, पहिलो पटक जमिनको मालिक हुँदा धेरै खुसी लागेको छ”, उनले भने,“आफू बसेको जमिनसमेत आफ्नो नाममा नहुँदा धेरै पीर लाग्ने रहेछ, अब त्यो पीर हटेको छ ।”

कावासोती–४ की होमकुमारी परियारले पनि लालपुर्जा प्राप्त गर्दा अब मेरो नाममा पनि माटो छ भने धेरै खुसी लागेको सुनाइन् ।

पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चैबाजा बजाएर उत्सव मनाएका थिए । नगरपालिकाभित्र भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी एक हजार २४० र अव्यवस्थित बसोबासी पाँच हजार ५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणका लागि काम अगाडि बढाएको र पूर्जा वितरणको काम वडा नं ४ बाट सुरु गरिएको उनले बताए ।

नगर प्रमुख विष्णुप्रसाद भुसालले वडा नं ४ बाट सुरु गरिएको यस कार्यलाई भूमि समस्या समाधान आयोगसँग समन्वय गरेर क्रमशः अन्य वडामा पनि अगाडि बढाइने बताए । लालपुर्जा वितरण प्रक्रिया केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने उनले बताए ।

यहाँ हालै गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक लालपुर्जा वितरण सुरु गरेको हो । यसअघि गठन गरिएको आयोगले जिल्लामा करिब ३०० लालपुर्जा वितरण गरिसकेको आयोगका विज्ञ सदस्य होमनाथ जैसीले जानकारी दिए । नवलपुरमा करिब ३५ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले फारम भरेका छन् । जिल्लाका आठ पालिकामध्ये अधिकांशमा जग्गा नापीको काम सकिएको र अब क्रमशः स्थानीय तहको समन्वयमा पुर्जा वितरण अघि बढाइने उनले बताए ।

वडा नं ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले वडामा बसोबास गरिरहेका भूमिहीनलाई जग्गाको मालिक बनाउने कार्यमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको बताए । छिट्टै अव्यवस्थित बसोबासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्वसांसद तिलक महतले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि जिल्लामा पहिलो पटक पुर्जा वितरणको काम सुरु भएको बताए । वर्षौंदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको उल्लेख गर्दै उनले यस कार्यलाई आयोगले तीव्रता दिनुपर्ने बताए ।

वि.सं.२०८२ जेठ २९ बिहीवार ०८:३१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...