
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सभा सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाले पारित गरेको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेकाले जेठ २१ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
वि.सं.२०८२ जेठ २९ बिहीवार १४:५५ मा प्रकाशित